झापामा थपिए चार जना कोरोना संक्रमित
भद्रपुर । आज झापाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक महिला र ३ पुरुष रहेका छन् । आज संक्रमण पुष्टि भएकाहरुमा बिर्तामोड नगरपालिका ६की ३४ वर्षिय महिला, अर्जुनधारा नगरपालिका १का ५९ वर्षीय पुरुष र भद्रपुर नगरपालिका १का २१ बर्षीय दुइ पुरुष रहेका जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । उनीहरु चारैजना भारतबाट आएर स्थानीय कारेन्टिनमा बसेका थिए । संक्रमित चारै जनालाई आ आफ्नै क्वारेन्टाइनमा राखिएको चौंलागाइले जनाएका छन् ।