झापामा आज थपिए पाँच जना कोरोना संक्रमित

भद्रपुर । झापामा आज थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा शसस्त्र प्रहरी बलका एक जवान सहित चार पुरुष र एक जना महिला रहेकी छिन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकाहरुमा अर्जुनधारा नगरपालिकाका दुई जना बाह्रदशी गाँउपालिकाका दुई जना र पाथिभरा गण दमकमा खटिएका एकजना प्रहरी रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या ३९८ पुगेको छ ।