गौरीगंज क्षेत्रमा बजार हप्ताको दुई दिनमात्र खुल्ने

गौरीगंज । गौरीगंज क्षेत्रमा साप्ताहिकरूपमा लाग्दै आएको बजार हप्ताको दुई दिनमात्र खुल्ने भएको छ । झापा उद्योग बाणिज्य संघ गौरीगंजले मंगलवार बसेको बैठकले हप्ताको दुईदिन शनिवार र बुधबार मात्र बजार लाग्ने निर्णय गरेको हो । वाणिाज्य संघका अध्यक्ष मखना महतोको अध्यक्षतामा बसेको बैठकले बजार आउँदा वा सार्वजनिक स्थानमा आवतजावत गर्ने र व्यवसाय सञ्चालन गर्नेले अनिवार्य मास्क लगाउनु पर्ने, व्यवसाय सञ्चालन गर्नेले निश्चित दुरी कायम गर्ने, व्यवसायीले सावुनपानी , सेनिटाईजर र अनिवार्य मुल्यसूची राख्नु पर्नेलगायतका निर्णयहरू गरेको छ । त्यसैगरी साप्ताहिरूपमा लाग्दै आएको सागसब्जी पसल (गुद्री ) दिउसो ३ बजेदेखि ६ बजेसम्ममात्र लगाउनु पर्ने छ ।

बाणिज्य संघ गौरीगंजले निर्णय गरेको अनुरोधलाई वेवास्ता गरे वा पालना नगरेको पाईए जिल्ला प्रशासन कार्यालय झापाले तोकेको बमोजिम जरिवाना गराईने जनाईएको छ ।