स्थानीय तहले परीक्षणको दायरा बढाउन थाले
दमक । झापामा कोरोना संक्रमण जनस्तरमा फैलिन थाले पछि, स्थानीय तहले परीक्षणको दायरा बढाउन थालेकाछन् । यसैक्रममा झापाको दमकमा कोरोना परीक्षणको दायरा बढाइएको छ । यसअघि सम्म क्वारेन्टीनमा रहेकाहरुको मात्रै स्वाव संकलन गरेर पिसिआर बिधिबाट परीक्षण गरिँदै आएकोमा पछिल्लो पटक अग्रभागमा रहेर काम गरिरहेकाहरुको पिसिआर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । जसअन्तर्गत पहिलो चरणमा कोरोना नियन्त्रणमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, एम्बुलेन्स चालक , संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका समुदायहरु तथा अन्य सर्वसाधारणहरुको समेत स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । त्यस परीक्षणबाट हालसम्म ९४२ जनाको पिसिआर गरिएको उनले बताए । यस अघि मेची नगरपालिका, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले मास टेष्टिङ शुरु गरिसकेकाछन् । झापा प्रदेश एकमा सवैभन्दा बढी संक्रमित भएको जिल्ला हुनपुगेको छ । पछिल्ला समय जिल्ला भित्र कोरोना संक्रमण बढ्दै गएपछि आफ्नो स्थानीय तह भित्र जोखिम हुन नदिन उच्च सर्तकर्ताका साथ परीक्षण तीव्र पारिएकोे जानाइएको छ । उनहिरुले –परीक्षणको दायरा अझै बढाउनेदेखि बजारमा निगरानी बढाएर सतर्कताका लागि आवश्यक थप सक्रिय भुमिका निभाउने निर्णय लिएको जनाएकाछन