बाढीबाट विस्थापित परिवारलाई राहत बितरण

गौरीगंज । गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाँथानमा कन्काई नदीमा आएको बाढीबाट पुर्ण विस्थापित भएका २६ परिवारलाई आज राहत वितरण गरिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ ले विस्थापित परिवारलाई २० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लि. तेल वितरण गरेको हो वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशीले कन्काई नदिमा आएको बाढीबाट पुर्ण विस्थापित भएका होकलवाडीका ११ परिवार र कन्काई पुर्व नयाँवस्तीका १५ परिवारलाई राहत वितरण गरिएको बताए ।

गत हप्ता कन्काई नदीमा आएको बाढीले गर्दा गौरीगंज (१ रंगियाथान र विश्वाडुब्बा बीच करिब २५० मिटर बाँध भत्केर कृषकहरुको ५० औं विघा धानबाली नष्ट भएको थियो । बाढीले दर्जनौ घर परिवार विस्थापित भएका थिए । वितरण कार्यमा कार्यापालिका सदस्य भीमप्रसाद राजवंशी, वडा सदस्य राजभत्त सुनुवार, जानुका गौतम, टंक श्रेष्ठलगायत थिए ।