माक्स नलगाउने बिरूद्ध प्रहरीले कारवाही थाल्यो
भद्रपुर । बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्ने अवस्था अन्त्य नभएको भन्दै प्रहरीले यात्रीहरूलाई सुरक्षा सावधानीका लागि माक्स अनिवार्य गर्दै कारवाही थालेको छ ।
केही दिनयता माक्स लगाए नलगाएको खोजी नगरेको प्रहरीले आजबाट सदरमुकाम क्षेत्रमा कडाइ गर्दै माक्स अनिवार्य लगाउन कारवाही थालेको हो ।
चद्रगढी स्थित लेखनाथ चौकमा बिहान सवेरै चेकजााच सुरू गरेको प्रहरीले माक्स नलगाउने यात्रीहरूलाई आधा घण्टासम्म उभ्याएर सचेत गरी छाडेको थियो ।
चन्द्रगढी ट्राफिक प्रहरीका इञ्चार्ज जनक तिम्सिनाका अनुसार कोरोना संक्रमण समुदायमा फैलने जोखिम बढेका कारण सरकारको निर्देशन अनुसार सुरक्षा सावधानीका लागि माक्स अनिवार्य गरिएको हो ।