झिलझिलेमा रहेको जग्गा दर्ता समितिको कार्यालय बन्द

झिलझिले । संघीय सरकारले गठन गरेको जग्गा दर्जा समितिको म्याद सकिएकाले झिलझिलेमा रहेको जग्गा दर्ता समितिको कार्यालय हटाइएको छ । कार्यालय हटाएपछि झापा जिल्लाको महारानी झोडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रका नगरिकमा निरासा छाएको छ । बन्दाबन्दी अगाडि जग्गाधनी प्रमाण पूर्जा वितरण समितिले सम्बन्धित क्षेत्रमा जग्गाधनी प्रमाण पूर्जा वितरणको प्रक्रिया अघि बढाइरहेको भएपनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिमले पूर्व सुचारु कामहरु ठप्प भएको थियो । जग्गाधनी दर्ता प्रमाण पूर्जा समितिको म्याद नथपिदा शिवसताक्षी नपा वडा नं ११ मा रहेको समितिको कार्यालय नै हटाइएको हो । सम्बन्धित क्षेत्रहरुबाट अन्तिम अवस्थासम्ममा अव्यवस्थित बसोवासीहरुले करिव ११ हजार निवेदन जग्गा धनी पूर्जा लागि दिएको समितिका अध्यक्ष राधाकृष्ण खनालले जानकारी दिए ।

नेपाल सरकारले बनाएको जग्गाधनी प्रमाण पूर्जा वितरण समितिको म्याद सकिएकाले कार्यालय बन्द गर्नु परेको समितिका अध्यक्ष राधाकृष्ण खनालले जानकारी दिए । सरकारले म्याद थप नगरेपछि समिति नै निर्किय भएको छ । उनले भने त्यसैले “यो समिति स्वत स्थगन भएको हो । समितिले संकलन गरेको निवेदन जिल्लास्तरको आयोग गठन भई उक्त कामलाई निरन्तरता दिइनेछ ।” उनले भने, हाल संकलन गरिएको सम्पूर्ण अभिलेख दमक मालपोत कार्यालयमा लगिएको छ । समितिले काम गर्ने १८ वटै वडाको लगत संकलन लिइसकेको थियो भने ६ वडामा नाप नक्सा समेत गरिकेको अध्यक्ष खनालले बताए । अध्यक्ष खनालका अनुसार समितिले आफ्नो कार्य क्षेत्रको लगत संकलन गरि गौराहद नगरपालिका ४ र ५ नंंं. वडा कमल गाउँपालिकाको ६ र ७ नं. वडा र शिवसताक्षी नगरपालिको १ र २ नं. वडामा नाप नक्सा समेत गरि सकिएको थियो । जग्गाधनी प्रमाण पूर्जा वितरण सम्बन्धि केन्द्रिय स्तरको आयोग भएकाले जिल्ला स्तरीय आयोग गठन गरि कामलाई निरन्तरता दिने अध्यक्ष खनालको भनाई छ ।