सर्वसाधारणलाई माक्सहित सेनेटाइजर वितरण

दमक । लकडाउन खुलेसंगै कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै दमकमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । इलाका ट्राफिक प्रहरी दमकको आयोजना तथा जीवन–चक्र समाज नेपालको सहकार्यमा भएको सो कार्यक्रममा उनीहरुले दमक चौक आसपासका पैदल यात्री तथा यातायात प्रयोगकर्ताहरुलाई करिब एक घण्टा यातायात प्रयोगबारे समेत जानकारी गराईएको हो । कोरोना भाइरसको संक्रमणबाट जोखिम आउन सक्ने भएकाले त्यसका लागि आफैले सावधानी अपनाउनु पर्ने भन्दै सर्वसाधारणहरुलाई माक्सहित सेनेटाइजर वितरण गरिएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञ राज शर्माले जानकारी दिए ।

सामाजिक अभियन्ता प्रकाश आचार्यले एक हजार थान माक्स र एक सय थान सेनिटाइजर र कुमार बिकले आफ्नो जन्मदिनको अवसरमा दुई सय थान मास्क उपलब्ध गराएका थिए । अभियानमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, व्यवसायी तथा सामाजिक व्यक्तित्व भगवान बस्नेत, जीवनचक्र समाजका अध्यक्ष गणेश प्रसाद गौतम, प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।