रोटरीले दियो तीन लाखको औषधी
भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले आज एक कार्यक्रमको आयोजना गरी औषधि हस्तान्तरण गरेको छ ।
क्लवले भद्रपुर १ स्थित पृथ्वीनगर स्वास्थ्य चौकीलाई करिब तीन लाख मुल्य वराबरको औषधी वितरण गरेको हो ।
रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षता तथा वडा न १ का वडा अध्यक्ष दशरथ प्रधानको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत चार्टर प्रसिडेन्ट किशोर पराजुलीले गरेका थिए भने कार्यक्रमको संचालन सचिव ईश्वर अधिकारीको रहेको थियो ।
सामाजिक कार्यमा सकृय रोटरीले प्रदान गरेको औषधिको सही सदुपयोग गरिने स्वास्थ्य चौकिका इन्चार्ज इन्द्र दाहालले बताएका थिए । कार्यक्रममा आइ पि पि टिकाराज ढकाल, प्रदिप सरावगी, विनोद चापागाइ, पवन श्रेष्ठ, प्रज्वल राई, कविन राई, रमेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो भने सहजिकरण रोट्याक क्लव अफ भद्रपुरले गरेको थियो ।