बाढीका कारण झापाका ४९ परिबार विस्थापित

भद्रपुर । दूई दिन देखि परेको अविरल बर्षाका कारण झापाका ४९ परिबार विस्थापित भएकाछन् । लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ ।

बिस्थापित हुनेमा झापा गाउँपालिका वार्ड नं १ मिलनबस्तीका १९ परिवारका ९२ जना विस्थापित भएका छन् । उनीहरुलाई स्थनीय सितुमारी प्राविमा राखिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखा, आपत्कालिन विपद ब्यवस्थापन शाखाका फोकल पर्सन हरिचरण खँडकाले बताएकाछन् ।

यसैगरी झापा गाउँपालिका कै वार्ड नं २ सडकबारी आसपासको ३० परिवारका १४९ जना विस्थापित भएर लक्ष्मी प्राविाम राखिएको खँडकाले जनाएकाछन् । बिस्थापित सबैलाइ सोही गाउँपालिकाले आवश्यक खाद्यान्नको ब्यबस्था गर्ने भनिएको छ ।