सहकारीहरुद्वारा कोरोना ल्यावका लागि सहयोग

दमक । नागरिक स्तरबाट कोरोना परीक्षणका लागी झापामा ल्याब स्थापना गर्न सञ्चालित एकका लागि एक अभियानलाई झापाको दमकबाट आज एकै दिन रु ६ लाख बढी रकम सहयोग जुटेको छ । दमकमा रहेका सहकारी संघ संस्थाहरुले एक कार्यक्रमको आयोजना गरि अभियानका लागी एकमुष्ठ रु ६ लाख ५० हजार ६ सय ४४ रुपैयाँ उपलब्ध गराएका हुन् ।

अभियानका लागी नवोदय सहकारी संस्थाले रु १ लाख ११ हजार १ सय ११ , मेची सहकारी संस्थाले रु १ लाख २ हजार २ सय ११ , पूर्व नेपाल सहकारीले रु १ लाख २ हजार , सुर्यदर्शन सहकारीले रु १ लाख १ हजार, दर्पण सहकारीले रु ५१ हजार ५ सय , डाँफे सहकारीले रु ५१ हजार , नवदुर्गा, हिमाञ्चल, सुर्यमुखी र दमक बुहुमुखी सहकारीले क्रमशः २५ / २५ हजार रुपैयाँ सहयोग उपलव्ध गराएका थिए ।

त्यस्तै दमकमा सामाजिक अगुवा नन्दिकेशर अधिकारीले व्यक्तिगत रुपमा रु २१ हजार १ सय र सन्तोष श्रेष्ठले रु ११ हजार १ सय ११ रुपैयाँ गरी कुल ६ लाख ५० हजार ६ सय ४४ रुपैयाँ अभियानलाई प्रदान गरेका छन् ।