मनिषालाई अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार

कञ्चनपुर । भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरस्थित बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक विद्यालयकी मनिषा गुरुधामीले अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार जितेकी छन् । कक्षा ७ मा अध्ययनरत गुरुधामीले जापानामा आयोजना गरिएको अन्तर्राष्ट्रिय बालचित्र डायरी प्रतियोगितामा हालै प्रथम स्थान हासिल गरी पुरस्कार जितेकी हुन् । तिलकपुरकी ११ वर्षीया धामीले यसअघि पनि चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेकी थिइन् ।