आज नेपालमा थपिए ११८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय १८ जना संक्रमित थपिएका छन् । देशका विभिन्‍न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । आज काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो । आजसम्म जम्मा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

शुक्रबार पिसिआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए । देशभरका क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । शुक्रबार १ सय २० जना गरी आजसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अस्ति बुधबार देशभर २ सय ५५ र हिजो बिहीबार १०८ जना संक्रमित थपिएका थिए। आज शुक्रबार देशभरबाट १ सय २० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ जना छन् ।