कांग्रेस महाधिवेशनको कार्यतालिका
काठमाण्डौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरण लगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो ।
केन्द्रीय समिति बैठकले प्रदेशलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरेको छ । कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछाडि धकलेर पुसमा पुर्याइएको छ । पुस ६ गतेदेखि वडा अधिवेशन सुरू हुनेछन् ।
कार्यतालिका
१. गाउँ र नगर वडा अधिवेशन– २०७७ पुस ६ गते ।
२. गाउँ र नगरपालिका अधिवेशन– २०७७ पुस ८ गते ।
३. प्रदेश सभा क्षेत्रीय अधिवेशन– २०७७ पुस ११ गते ।
४. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला) अधिवेशन– २०७७ पुस १३ गते ।
५. एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन– २०७७ पुस १६ गते ।
६. प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
७. केन्द्रीय महाधिवेशन– २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं ।