कोरोनाको कारण मत्यु हुनेको संख्या ३५ पुगो

काठमाडौँ  । नेपालमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको कारण मत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मृत्यु हुनेमा बाग्लुङ ढोरपाटन नगरपालिकाका २९ पुरुष रहेका छन् । उनी गत असार १ गते भारतबाट आएका थिए । परिवारसहित भारतमा रहेका उनी क्षयारोगले पिडित रहेका थिए । र भारतमा उपचारको लागि खर्च जुटाउन नसकेपछि घर फर्किएको प्रवक्ता गौतमले बताए ।

उनलाई ढोरपाटन नगरपालिकाले असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा राखेको थियो । पछि नगरपालिकाले होम क्वारेन्टाइनमा पठाएको थियो । उनको आइतवार बिहान होम क्वारेन्टाइनमा मृत्यु भएको जनाइएको छ । उनीसहित उनका ५ जना परिवारको पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।