आज झापामा थपिए पाँच जना कोरोना संक्रमिण्त
भद्रपुर । आज झापाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित सबै पुरुष रहेका छन् । कचनकवलका गाँउपालिकाका चार जना र कन्काई नगरपालिकाका एक जना रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । कन्काईमा संक्रमण पुष्टि भएका ब्यक्ति साउदीबाट र कचनकवलमा पुष्टि भएकाहरु भारत र दुबईबाट आएको फोकल पर्सन चम्लागाईले जानकारी दिए । आज थपिएका संक्रमित सबै विदेशबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए ।
योसँगै झापामा संक्रमित संख्या २८३ पुगेको छ । झापाका १५ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएकाछन् । स्थानीय तह, भद्रपुर नगरपालिकामा संक्रमितको संख्या ६, मेचीनगर नगरपालिकामा ४१ जना, बिर्तामोड नगरपालिकामा ३ जना, कनकाइ नगरपालिकार्मा ११ जना, अर्जुनधारा नगरपालिकामा १३ जना, दमक नगरपालिकामा ६ जना, गौरादह नगरपालिकामा ११ जना, शिवसताक्षी नगरपालिकामा ३ जना, बुद्धशान्ति गाउँपालिकामा १६ जना, हल्दिवारी गाउँपालिकामा ११ जना, कचनकवल गाउँपालिकामा १३३जना , कमल गाउँपालिकामा १ जना, गौरीगञ्ज गाउँपालिकामा १८ जना, बाह्रदशी गाउँपालिकामा ८ जना र झापागाउँपालिकामा २ जना पुगेको छ । झापामा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १९५ पुगेको छ, भने संक्रमणबाट झापामा कसैको पनि मृत्यु भएको छैन ।