प्रधानमन्त्रीको अभिव्यक्तिमा विश्वप्रकाशका दुई प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ताधारी दल नेकपासामू दुईवटा प्रश्न तेर्साएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई लक्षित गर्दै ती प्रश्न सोधेका छन् ।

आइतबार ६९ औँ मदन भण्डारी जन्म जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालका शक्ति लागेकोे बताएका थिए ।

सोमबार विश्वप्रकाशले ट्वीटमार्फत् भारतले हटाउन खोज्दैछ भने नेकपाले देशलाई प्रष्ट पार्न जरुरी रहेको भन्दै प्रश्न राखेका हुन् । उनले ट्वीटरमा लेखेका छन्–‘प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ?’ यस्तै अर्काे प्रश्नमा ’ छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ?’