आज झापामा थपिए ३ जना संक्रमित
भद्रपुर । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका दमकका एक पुरुषमा आज कोरोना पोजेटिभ देखिएको छ । दमक ४ बस्ने ३२ वर्षिय ती पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।
त्यस्तै आज भद्रपुरका दुईजना महिलामा पनि कोरोना पुष्टि भएको छ । २७ र ३० वर्षका ती महिला कुवेतबाट आएर हिमाली माविको क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चैलागाईले जानकारी दिएका छन् । योसंगै झापामा संक्रमितको संख्या १९२ पुगेको छ