ब्राउन सुगर सहित तीन जना पक्राउ

झापा । झापाको पाडाजुँगीबाट ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी तथा दमक प्रहरीको टोलीले कमल गाउँपालिका ५ स्थित पाडाजुँगीबाट ३५ ग्राम ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कमल गाउँपालिका ५ बस्ने बर्ष २० को दिपेश थापा, झापा गाउँपालिका ४ बस्ने बर्ष २१ को सेराज अली र झापा गाउँपालिका ४ बस्ने बर्ष २३ को अनन्त प्रसाद गणेश रहेका छन् । पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।