झापामा संक्रमितको संख्या १७९ पुग्यो

भद्रपुर । झापास्थित झापा गाउँपालिकामा आज बुधबार एक जना पुरुषमा कोरोना भाइरस सक्रमण पोजेटिभ देखिएको छ । पिसिआर बिधीबाट गरिएको परीक्षणमा ४६ वर्षिया पुरुषलाई संक्रमण पोजेटिभ देखिएको हो । उक्त पुरुष केही दिन अघी भारतको दिल्लीबाट आएको खुलेको छ । भारतबाट आएका उनलाई झापा गाउँपालिकाको डिल्लीराज माविको क्वारेन्टिन राखिएको थियो । संक्रमितलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । योसंगै झापामा कोरोना संक्रमितको संख्या १७९ पुगेछ । जसमध्ये कचनकवल गाउँपालिकामामात्रै संक्रमितको संख्या १२८ रहेको छ ।