झापामा सरकारविरुद्ध विरोध प्रर्दशन

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आज सरकारविरुद्ध विरोध प्रर्दशन भएको छ । सरकारले कोरोना भाइरस महामारीका बेला प्रभावकारी काम गर्न नसकेको भन्दै झापाको दमक र बिर्तामोडमा युवा तथा विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । स्वतस्फूर्त निस्केका युवाहरुले विभिन्न प्लेकार्ड लिएर बिर्तामोडको मुत्तीचौक र दमक चौकमा दुई घण्टा बढी प्रर्दशन गरेका थिए । उनीहरुले भौतिक दुरी कायम गरि सडकको मुख्य भागको दायावाँयामा उभिएर विरोध प्रर्दशन गरेका हुन् ।

प्लेकार्डमा नेपालको नयाँ नक्सा जारी भएको सरकारलाई धन्यवादसहित पिसिआर परीक्षणको दायरा बढाउन माग गरेका थिए । त्यस्तै, कोरोना रोकथामको बहानामा भ्रष्टचार भएको, विपन्नलाई रोगले भन्दा भोकले सताएको, आत्महत्याको घटना बढाएको भन्दै सरकारको विरोध गरिएको थियो ।