चरित्र, नैतिकता र इमानदारीको नमूना, कठै !
– व्यंग्यनारान पाँडे –
म, सधैं झैं, बिहान बरण्डाको शीतलमा बसेर स्थानीय एफएमबाट आइरहेको समाचार र लटरम्मै विज्ञापन सुनिरहेको थिएँ, गौंथलीको बाऊ आँगनको गेट नजिकै आइपुगेको देखें । र, तत्क्षण मैले मनमनै भनें–‘यो झ्याउकाने बूढो के लिच्चड्याइँ गर्न आएको हो, फेरि गलहत्याएर धपाउनु त पर्लैपर्ला ।’ ….
उनी धराधड बरण्डामा उक्लिए र कुर्सीमा बस्नअघि नै भटटट बोल्न थाले – “हन कस्ता बिकामे झटिङ्गरेहेरू मात्रै बस्छन् हउ हामेरका गाम्–घरमा हँ ? एउडा जिनिस खोद्न निस्को फतक्क गोडा गल्छन् खोजेको भेट्योस् त मरिजाउँ साला ! हामेरको एस चइँ ठाम्मा म पनि थि’न भने चइँ के हुन्थो ? कि एस ठाम्मा म बाएक सप्पै मडनाइच भइरछन् र आफ्नो जातिको अर्जिनिल मउलिक प्रम्प्रा र पइत्रिक समसकिर्तिको आँतभेउ नपा’का हुन् कि । कि चइँ इण्डेन बेहारी, बङलादेशी मुसुल्टे, भोटाँगेहेरू भर्रेकारले अनि बेपारबिख्नेस उनैले अँठ्या’काले उँधेरको ढोलकलाई मुन पराइदिनुपर्ने वातावर्नको इन्भाएरमेनले बाद्देदा पारेर हो, कोनि ! हन आफ्नो जाति र तो जातिको मयाँ गर्नुपर्नेमा अजातिसित सिकेन्स गाँसेर हामेरको समसकिर्तिको कल्चर अन्सारका जिनिस घर–घरमा नराखी कसरी म नेपाली हूँ भन्न माजै मुखले भन्छन् हओ पाँडे भाइ ? हन म एउडा नाथे समान खोद्दा नभेट्या ट्यान्सिनले थकित पो भइसकें त । एस्ता गाम्मा बाँचिरनु भन्दा म त अस्ति नै मर्नु नि बरु, एत्रैसिति साला ।”….
उनको फेद न डुप्पोको कुरो सुनेर झन्झट मान्दै र मन नपराई–नपराईकन मैले ठाढो सोधें –“के खोज्दै हिंडेको ?”
उनले मेरो दिग्दारीयुक्त प्रश्नलाई स्वाभाविकरुपमा लिंदै भने –“अरे यार, एउटा जाबो मादलको ठाँडो अर्जेन्टी चाइयो र खोद्दै हिन्या, भेट्योस् त थुक्क ! तपाइँकोमा …. तर के भएर नापिन्छ झ्यान तपइँ जइसो मुङलिसे–ठिन्ठिन गोपालकाँ । झर्रो नेपाली समसकिर्ति नमान्ने, झर्रो नेपाली मान्छेसितभन्दा विदेशी ल्याङ्ठासित कुम जोरेर हिन्न नै मुन पराउने तपइँहेरू जइसा नेपाली समसकिर्तिको कल्चरलाई हेलाँ गर्नेसित नेपाली भाओना होस् न मादल–साराँगी होस् । यतिको साइकोलोजी त मैले उइलेइ काँसी–बन्रसमा बसेर माकविकार लछिमी पर्साद देउकोटा, फिल्लाल बनजाँचेका खर्राँटा हल्दार माजन भन्ने लास्टै फ्यामोस मेरा भान्दाइ र डाग्डर बालकिस्न पोख्रेलहेरू मसितै कउमोधी व्याकर्न पढिराख्या तेस ट्यामदेखुन् नै जानिराख्या छु । कउमोधी व्याकर्ण पढेपछि साइकोलोजीको जोखाना हेर्न अर्थम्याटिक–जोगराफीहेरू हेर्न–छुनै पर्दैन । तो बिद्देका दिस्टिले तपइँको निदार र हात्गोडा छ्यास्स हेर्दै मलाई था भइहाल्छ भनेसि तपइँलाई पिउर गोर्खे ब्रानको अर्जिनिल नेपाली साँसकिर्तिभन्दा बिदेशबड घुस्रेको मडन सँसकिर्ति र गोर्खे नेपालीभन्दा विदेशी डिङगर-डिङगर्नी मुन पर्छ होइन ?”
मैले लगत्तै जवाफ खापें – “होला त, तपाईलाई अहिले जसरी इण्डिया–बिहारबाट सिजन–सिजनमा यतातिरका बेकाबु, बुद्धिहीन, जँड्याहा र पाखण्डी साँढे खोज्दै आउने रामदुलाली नामकी धम्मरधुर साँढी मन परेकी छ । तपाईंले जसरी मर्ने बेलामा हरियो काँक्रो भन्या झैं त्यस्तीलाई स्वास्नी राखेर त्यसैको फोहोरी कमाइले तपाईंको हात–मुख जोडिंदैछ, होइन र ?
उनले लबस्तरो किसिमबाट भने –“हत्तेरिका हउ पाँडे भाइ, दूद दिने गाईको लात्ती पनि खप्नुपर्छ भन्ने हामेरु नेपालीको जातीए सँसकितिक साश्रलाई मैले शिरोधार्जे गर्या मात्तै हो । मैले रामदुलारी मेरी वाएफ र म उस्को हस्बेन भन्ने गरे पनि म एउडा मात्तै उस्को हस्बेन त कैल्यै भन्या छुइन त अन्तखेरी । याँदेखुन् दरभङा, भाकलपुर, पूर्नियाँ, किसनगन्जादेखुन् उताउतासम्मनका उसँग हस्बेन गर्ने धेरै छन् भन्र उसैले पिएका झ्वाँकमा कति भनेकी छे कति नि मसित । तर, ती त उस्को मानौं अदिकार हो भन्र मैले सुइकारिराख्या मात्तै हो । म समेत इन्भल भकाले नै हामेरको गउरउशाली पाटीले बौमत लेराको हो र एसकारन हामेरले एब्दम नइतिक–एब्दम शुद्द–पइत्र भई मानौ अदिकारको कम्पलसोरी उजाति गर्नैपर्छ । तपइँहेरू अनकम्रेटहरले एस्ता कुरा पितिक्कै बुद्दैनौ र रामदुलारी जस्ती एट्टिब मैलाको एटिबिटि मुन पराउँदौन भन्ने मलाई लाग्या छ ।”
उनका कुराले मेरो कानलाई सिक्सिको लागे पनि शिष्टाचारको ख्याल गरी प्रसंगलाई मोड दिंदै सोधें– “अनि मादल चाहिँ किन चाहियो नि तपाईंलाई ?
उनले अनुहार उज्यालो पार्दै भने- “हो तेसरी सट्कट्या प्रश्न गरे म लङकट् कुरो किन गर्थें र एस ठाम्को विस्सिस्ट व्याक्तिको हइसेतले ? मादल किन चाइयो भन्लाउ भने – ती क्या त, उइ बिर्लेन रामदुलारीले कोर्ना भाइरोस्का उपलच्छेमा राहात बितर्न पोरगामको दरै इनकम हुने ट्याउटिस इस्टमेट मिलाइरछिन् । उनी कायाममुकाम सिरमतिको दर्जामा इन्जिन्यार सेवाराम जादौकाँ ढुक्कै बसेकी अस्ति गनतन्त्र दिओसका दिन डेढ मैना र पान्दिन भ’छ । सो उपलच्छेको राती ओछेनको झुलभित्र पसेपछि ‘मइ अब् माँ बन्नेवाली भइसकेछुँ’ भन्र इन्जिन्यारलाई अभर पार्ने पान्टा शब्ध बोलेर थर्काइछिन् । र इन्जिन्यार एक्कैचोटी छाँगाड झ्वास्स खसेर तेस अइन् ट्याममा बलेको जोशको आगो झ्याप्प निभेर उस्को ओठ–मुख सुकेको मौका–चानसमा डानस गर्दै रामदुलारीले थपनीमा अरु थुप्रै गन्गनाएसि भनिछिन्–‘आप चाइँन्जो उत्ना सटकमे ठेक्दारको दु लम्बर भस्टचारी करके उत्ना पाइ एकट्टा कामाको साहेप । मेरो पेटको बच्चा गिरानु हो तो इस्को नाममे आप चाइन्जो कोर्ना राहात इताको गडीपको बाँट्ने धरम कर्नु ठीक हुन्छ । नइँ तो यो तापाइँको बाच्चा जनम लिन्छ ।’….. र, ख्याप्प पच्चीस हज्जारमा कुरो मिलाइछिन् । यो पच्चीसमा पन्र हज्जार रामदुलारीले राखेर दश हज्जारमा चइँ राहात बितर्न पोरगाम समारो मैले गर्ने सउभाग्गे पाइरछु ।”
यति भनेर गौंथली बाऊ मतिर लबस्तरो पाराले किच्च हाँसे ।
मैले फेरि सोधें –“अनि मादल चाहिँ किन चाहिएको नि ? त्यो पो सोधेको त मैले ।”
उनले भने –“पख न पख । कुरो सिरेल्ली भन्दैछु नि । अनि त्याँइ हाम्रो बजारहुँदी अनुगम्मनका दिन सर्खारी अनुगम्मने करमचारीहेरूसित अग्रिम सिकेन्स मिला’र चाइँनेकेरे लुकाका माट्टो भइसक्या अथ्बा ‘चा’ चइँ कुइएर ‘मल’ मात्रै बाँकी रएका चामल, धुलिया र साङलाले दिउल सिद्यार खोस्टा मात्तै राखेका दाल, आलस र सख्वाका दानाको तेल मिस्कट खानेतेल, डेटएस्पाइर आयो नून जस्ता जिनिस सइकडा दश पर्सेन मात्तै दाममा जत्ना पाइँन्छन् । सिमन्टीका बोरा इन्जिन्यारकाँ थक्कीका थक्की देख्या छँइछु । पलासटिकका झोला, नर्पालिकाले ‘पलासटिक मुक्त नगर’ घोस्ना गरेपछि बाटबाटै र घुर्यानहर्मा जत्तातै उपलभ्द छइँछन् । दश रुप्पे हाताँ थमा’र एउडा सिँगाने केटोलाई बटुल्न लाउँदा भइहाल्छ । बोराको मुख बान्ने पलासटिकको चोया जस्ता डोरी दश रुप्पे गुइँठो पाइहालिन्छ ।….. बास्, ती सप्पै पोका पारेर बोरा-बोरामा हालो र टन्न बाँदो टुइँक्या’र । अनि एलाउन्सर गर्दै एकेकलाई बोलाउँदै बितर्न गरो । इन्जिन्यार त्याँ आउने होइनन् । कैले मेरा बाउलीबड र कैले मेरी मिसेस रामदुलारीका बाउलीबड बितर्न हुने न हो, भित्री गु्ज्जे त कल्लाई थाहा हुन्छ । फेरि राहात पाउनेहेरूमद्दे कतिपए मेरा कन्टोलका र धेरैपए रामदुलारीको कन्टोलका हुनेछन् । तिनले घर गएसि बोरा खोल्दा जेजस्ता जिनिस भेटे पनि हामेरका एगेनेसमा चुँइक्क बोले त थुक्क लु ।”
मेरो कन्पारो तात्तिइसकेको थियो र केही कोक्याए जस्तो भावमा भनें –“कति नाफा कुम्लिन्छ नि ?”
मैले उनको कठालो झ्याप्प समाएर घिसार्दै लगी आँगनको गेटबाट बाहिर गलहत्याउँदै भनें – “लबस्तरो ! लिच्चड !”
उनले सजिलै भने –“दुइ हज्जारभित्रैमा पुग्छ । रामदुलारीले पन्र हज्जार चोक्खै कमाउँछिन् भने म घटीमा आट हज्जार मेरा खल्तीमा तताउँछु । अनि तेस्तो स्वाधिलो–टेसिलो पोरगामको फिनिसिङमा रमाइलो नाचगाना गर्नु परेन त ? याँ कसै–कसैले एक कोसो केरो राहात दिराख्या फोटा खिचेर इन्टरन्याटबड फेसुकमा भाइरोल गराइराख्या तपइँले आफ्नु मोबिलमा हेरैकै होलाउ त । भनेसि हामेरले उत्रो पोरगाम गरेको भिड्यो नपर्चार्ने ? तेसकारन मादल खोज्या ।….. अब लक्डाहुन भउन्जेल रामदुलारीले इन्जिन्यारको घर छाड्ने कुरै नट् । लक्डाहुन गएसि अर्जिनल इन्जिन्यार्नी रन्थना’र नआइपुग्ने पनि झन कुरै नट् । तेस ट्याममा रामदुलारी इन्जिन्यारबड जबरजस्ती भई आमा बन्ने भकी कुरो कम्रेट हरिराम पुरेत बाजेबड इन्जिन्यारका कानाँ पुर्याउने र म रामदुलारीको हस्बेनले रामदुलारी जिम्मा लाउन परहरीमा उजुर हाल्दैछ भन्ने कुरो समेत पारेर इस्टाटिनमा एक लाख रुप्पेबड पचास हज्जारसम्ममा कुरो फिनिस्याउने पनि रामदुलारी र म हामेरु दोडा वाएफ–हस्बेनको ग्रेन डिज्जाएन छ । …. मैले जोगी हुन भन्र थोडै एस्तो इमानदार पोल्टिस्यानमा लागेको हुँ र ? एस्तो खाल्के रानीतिकको पोल्टिस गर्ने हामेरू धेरै सिन्यारमद्दे म एउडा पर्मुक हुँदै हूँ । कि कसो भन्छौ तपाइँ ? हुन त तपाइँ जइसो अन्पोल्टिस्यानसित कौनै बुदि भा पो मेरा समच्छे केइ भन्ने हिक्मत गर्छौ, होइन्त ? कि केइ …..”
उनी थप केही भन्न खोज्दैथे, मैले उनको कठालो झ्याप्प समाएर घिसार्दै लगी आँगनको गेटबाट बाहिर गलहत्याउँदै भनें – “लबस्तरो ! लिच्चड !”
…