झापामा १७ जना कोरोना संक्रमित थपिए
भद्रपुर । झापामा आज बुधवार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा १७ जना थपिएको हो । १७ जनामध्ये कचनकवल गाउँपालिकामा १५ जना र गौरदह नगरपालिकामा २ जना थपिएका हुन् । थपिएको सङ्ख्याको बारेमा १ नम्बर प्रदेश कार्यालय र स्वास्थ्य मन्त्रालयबाट आधिकारी घोषणा हुन भने बाँकी छ । योसँगै झापामा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।
यसअघि झापामा ३३ जना कचनकवल गाउँपालिकामा, २ जना बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र दमक नगरपालिकामा एकरएक जना सङ्क्रमित भेटिएको थियो । अब कचनकवलमा मात्रै सङ्क्रमित सङ्ख्या ४८ पुगेको छ, भने गौरदाहमा पहिलो पटक सङ्क्रमित भेटिएको हो । योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०४ पुगेको जनाइएको छ ।