सिडियोले तास खेल्ने, रक्सी खाने साथीलाई सवारी पास दिए : सांसद बिडारी

काठमाडौं । नेकपा सांसद रामनारायण विडारीले कोरोना संक्रमण बढाउन प्रमुख जिल्ला अधिकारीको पनि हात रहेको बताएका छन् । बुधबार राष्ट्रिय सभामा बोल्दै सांसद विडारीले सिडियोहरुले आफ्ना तास खेल्ने, रक्सी खाने साथीलाई पनि लकडाउनमा पास वितरण गरेको आरोप लगाएका छन् । उनले किसानको तरकारी खेतमै अलपत्र परेको, ट्रकहरु पनि अलपत्र परेको बेला कृषि उत्पादनलाई बजारमा पु¥याउन किसानलाइ गाडीको पास नदिने तर तास खेल्ने, सक्सी खाने, टोलका दुई चार हजार भएका गुण्डालाई पनि पास बाँडेको आरोप लगाए । उनले पास वितरणमा गृहमन्त्रालयको पनि ध्यानाकर्षण गराए ।