कोरोना संक्रमित पुरुषको मृत्युको खबर गलत

भद्रपुर । नेपालमा कोरोना भाइरसका कारण गुल्मीका संक्रमित पुरुषको मृत्यु भएको भनि आएका समाचारहरु सत्य नभएको अस्पतालले जनाएको छ ।

गुल्मी जिल्लाको मदाने–६ का ४१ बर्षीय पुरुषको मृत्यु भएको समाचारहरु बाहिरिएपछि अस्पतालले विज्ञप्तिमार्फत सत्य नभएको बुटवलस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए । भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो ।

पेशाले शिक्षक रहेका उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट संक्रमण सरेको आशंका गरिएको छ ।