कचनकवलका एक व्यक्तिमा कोरोना पुष्टी

भद्रपुर । झापाको कचनकवल गाउँपलिकाका एक व्यक्तिमा कोरोना पुष्टी भएको छ ।

कचनकवल ६ निवासी २३ वर्षिय सो व्यक्ति शनिबार भारतको मुम्वईबाट घर आउने क्रममा सिधै क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा आरडीटी टेष्ट गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनको पीसीआर टेष्टका लागि बिराटनगर स्थित स्वाब परीक्षण प्रयोगशालामा पठाइएकोमा सोमबार उनको स्वाबको रिपोर्ट पोजेटिभ आएको चौलागाईले जानकारी दिए ।