भारतीयद्वारा सीमा सुरक्षा बलमाथि आक्रमण, नियन्त्रण गर्न हवाइ फायर

भद्रपुर । झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । नेपाल–भारत सीमानाको घेराबारीबाट नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।

जबरजस्ती नेपाल छिर्न खोजेका भारतीयले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । केही दिनअघि झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।