लोपोन्मुख वन्यजन्तुको चोरी–तस्करी

भद्रपुर । दक्षिणी झापाको सीमावर्ती क्षेत्रबाट लोपोन्मुख वन्यजन्तुको चोरी–तस्करी हुने गरेको पाइएको छ । शुक्रबार राति नेपाल–भारत सीमा कचनकवल गाउँपालिका–५ को सीमावर्ती क्षेत्रबाट सालक भेटिएसँगै वन्जन्तु तस्करीको रहस्य खुलेको हो ।

सो स्थानको ११२ र ११३ नम्वर पिलरको बीचमा बोराभित्र पोको पारेर राखिएको अवस्थामा सालक भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सीमामा भेटिएको सेतो प्लाष्टिकको बोरा खोलेर हेर्दा जिउँदो सालक भेटिएको प्रहरी कार्यालय झापाका सूचना अधिकारी साकार पन्तले बताए । प्रहरीले उक्त सालकलाई शनिवार डिभिजन वन कार्यालय चन्द्रगढीको जिम्मा लगाएको छ ।

सालक नेपालबाट भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ । सीमावर्ती सुरक्षामा कडाई भएकाले तस्करले सालक छोडेर भागेको हुनसक्ने अनुमान छ ।