आज शनिबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ । यसैगरी, हाल देशको पहाडी भू–भाग आंशिक बदली रही बाँकी भु–भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । शनिबार राति भने देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।