दमकका मेयर ओलीको स्टाटसले ‘खैलाबैला’

दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको स्टाटसले यतिखेर सामाजिक सञ्जालमा खैलाबैला मच्याएको छ । चार बुदाँमा लेखेको सामाजिक सञ्जालको सो स्टाटसले चौतर्फी आलोचना खेप्नुपरेको हो । मुलुक यतिखेर बन्दाबन्दीका चपेटामा छ । दुई तिहाई नजिकको नेकपाको वर्तमान सरकार सञ्चालनको विषयसंगै पार्टी भित्रको विवाद छताछुल्ल भएको छ । त्तत्कालीन माओवादी र एमालेवीच एकता भएर वनेको नेकपामा अहिले सत्ताको आन्तरिक संघर्ष सतहीमा देखिएको छ ।

केन्द्रीय तहमा सत्तारुढ नेकपा भित्र उत्पन्न अन्तरद्वन्द्वले चर्को रुप लिदै गर्दा स्थानीय स्तरमा पनि त्यसको प्रभाव देखिन थालेको छ । स्थानीय सरकारको प्रमुख समेत ओलीले खुलेर प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा लागेका छन् । सत्तारुढ पार्टीका शीर्ष तहका नेताहरु प्रष्ट गुटमा आरोप प्रत्यारोपमा उत्रिएपनि स्थानीय तह सञ्चालनको जनादेश पाएका नेतृत्वले भने यसरी धारको आशय दिएको भने पहिलो हो । नगर प्रमुख ओलीले पार्टी भित्र देखिएको झमेलामा आफूले कित्ताकाट मात्र गरेनन संगै शसस्त्र युद्धबाट शान्ति प्रकृयामा आएर एकताका मर्यादाक्रममा दोश्रो शक्तिशाली नेता समेत रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा कार्यकारी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड)लाई राजनीतिक संस्कार कमी भएको भनी अर्थाएका छन् ।

दमक नगरपालिकाको दुई पटक प्रमुख भएका ओलीले तीन दिन अघि फेसबुकमा पार्टी भित्र देखिएको झमेलाका बारेमा ‘यता तिर ध्यान दिने की ’भन्दै आशय प्रकट गरेका थिए । उनले प्रधानमन्त्री ओलीको बचाउमा मात्र लागेनन् संगै अन्य नेताहरु माधव नेपाल, वामदेव गौतमलाई हिजो गुण लगाएको हेक्का राख्न पनि स्मरण गराएका छन् । त्यस आशयलाई लिएर मेयर ओली विरुद्ध पूर्व माओवादी तथा आफनै पार्टीका कार्यकर्ताहरुले आलोचना पोख्दै आफनो पदको ख्याल गर्न सुझाएका छन् ।

झापाको १५ वटा स्थानीय तह मध्ये हरेक विषयले चर्चा पाउदै आएको दमक हालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्छ । मेयर ओली प्रम ओलीकै घरमा बस्दै आएका कारण अहिले पनि ओली निवासमा प्रहरीले २४ सै घण्टा उच्च सुरक्षा दिदैआएको छ । निकै सुझबुझसहित निष्ठाको राजनीति गर्ने असल कम्युनिस्ट कार्यकर्ताको पहिचान बनाएका मेयर ओलीले सामाजिक संजालमा राखेको पार्टीको आन्तरिक बहसको विषयले भने मेयर ओली एकाएक पार्टी भित्र विवादमा परेका छन् । भित्री रूपमा विवादित भएपनि नभए पनि बाहिर सामाजिक सञ्जाल फेसबुकमा भने उनको तीब्र आलोचना भएको छ । मेयर ओलीले पार्टी अध्यक्ष ओलीको गुट संरक्षणमा सहयोग पुग्ने स्पष्ट आफ्नो अभिव्यक्ति राखेका छन् । उनले प्रचण्डलाई राजनीतिक संस्कार सिक्नै बाकी भएको नेताका रूपमा उल्लेख गरेका छन् भने माधव कुमार नेपाल र बामदेव गौतमको पनि आलोचना गरेका छन् ।

उनको यस्तो अभिव्यक्ति लगत्तै नेकपा निकट बिद्यार्थी नेता कबिन्द्र पौडेल , युवा संघका डेबिट ठकुरी लगाययतका नेता, कार्यकर्ताहरुले गम्भीर असहमति जनाउदै नगर प्रमुखको जिम्मेवारी बिर्सेर यस्तो धारणा राखेको भनि आलोचना गरेका छन् । मेयर ओलीको अभिव्यक्तिको विषयलाई लिएर मेची मदिरा व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष प्रेम पाण्डे मेयर साबले राजनीति सुझाव , आलोचना ,आरोप प्रत्यारोपण फेसबुकमा सार्वजनिक गर्नु भन्दा पनि स्थानीय सरकारको प्रमुखको हिसाबले तटस्थ भुमिका निर्वाह गर्नु राम्रो हुने सुझाव दिएका छन् । मेयरको कुर्सीले यसरी खुलेर पार्टी भित्रका नेताको विरुद्ध आइलाग्नु नहुने उनको भनाई छ ।

यसैगरि, मेयर ओलीको स्टाटसमा नरेश चुडालले अहिले कोरोनाको उच्च जोखिममा रहेका र कोरोना को संकटका बेला स्वास्थ तथा दैनिक रुपमा हातमुख जोड्न समस्यामा परेका दमकबासीको चिन्ता गर्नु गर्न आग्रह गरेका छन् । सम्माननीय प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी अफै बचाउनु हेनेछ तपाईंले किन यति धेरै चिन्ता लिएको नि ? चुडालको भनाई छ ।

यसैगरि प्रमोद तिम्सीनाले पनि मेयर ओलीको यो बिचारले आफनै कद, पद, अनि राजनीतिक छबिलाई कतै पनि उचाईमा नलाने सुझाव दिन्छन् । उनले भनेका छन् –‘सरासर यो तपाईंको प्रधानमन्त्री के पी ओलि प्रतिको समर्थन, सद्भाव अनि सम्बन्ध मात्र झल्कियो , गलतलाई गलत भन्न कहिले सिक्ने मेयर वन्नु पर्छ । ’

यस्तै नेकपाका युवा नेता हरी ढकाल खत्रा कार्यकर्ता हुँ भन्नेहरुको फेसबुक स्टाटस हेर्दा लाग्छ उनीहरु चाहि भर्खरै स्थायी कमिटीको बैठक बसेर बाहिरिएका हुन की जस्तो देखिएको वताँउछन् । हैन कति साहे गिर्न सकेका यी खत्रा कमरेडहरु ? ढकालले खत्रा कमरेडहरुको स्टाटस देखेर बोल्न बाध्य भएँको वताए ।् आफ्नै नेतालाई गाली गलौज झल्किने शब्दको प्रयोग गरेर सामाजिक सञ्जालमा गाली बेइज्जती गर्न खप्पिस कमरेडहरुको व्यक्तित्वले दिन्छ कि दिंदैन ? केही छिनको लागि आफ्नो सिमित व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि आफ्नै नेतालाई गाली गलौजको शब्द राखेर सामाजिक सञ्जालमा पोष्ट गरी किन यति साहे उहाँहरु हनुमान बन्न खोज्नुभएको हो ? ढकालले उल्लेख गरेका छन् ।