प्रदेश ५ मा पहिलो पटक कोरोना संक्रमित भेटियो
झापा । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर ५ को रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका हुन् ।
रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ । प्रदेश नम्बर ५ मा पहिलो पटक कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि विशेष कदम चाल्ने तयारी गरिरहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।