साहाराले दियो सुरक्षा कर्मीलाई सामग्री
पकंज शर्मा
भद्रपुर । सहारा नेपाल साकोसले झापाका सिमानामा खटिएका सुरक्षा निकायका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । झापामा १ साता यता लगातार हावाहुरी र पानी परिरहेको छ ।
भारतबाट अवैध रुपमा आउनेहरुलाई रोक्न १ सय ४४ किलोमिटर झापाको सिमावर्ति क्षेत्रफलमा शसस्त्र प्रहरी र जनपद प्रहरीहरु परिचालन गरिएको छ ।
सिमानामा खटिएका सुरक्षा निकायको समस्यालाई ध्यान दिएर २० थान टेन्ट, ५ सय थान सेनिटाइजर, ५ सय थान मास्क र १ हजार थान ग्लोब्स उपलब्ध गराइएको हो ।
शसस्त्र प्रहरीका लागि १० थान साइकल समेत उपलब्ध गराइएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राणा मगर, प्रहरी उपरीक्षक कृष्ण कोइराला र शसस्त्र प्रहरी उपरीक्षक रेशम कुमार थक्सूलाई सहारा नेपाल साकोसका अध्यक्ष महेन्द्र कुमार गिरीले हस्तान्तरण गरेका थिए ।