संक्रमण रोक्न दुई राज्यका बीचमा पर्खाल

भारतमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुई राज्यका बीचमा पर्खाल लगाइएको छ । कोरोना संक्रमणमा अंकुश लगाउन तमिलनाडु र आन्ध्र प्रदेशको सीमामा पर्खाल लगाइएको हो ।

तमिलनाडुको भेल्लोर र आन्ध्र प्रदेशको चित्तुर जिल्लाको बीचमा पाँच फिट अग्लो पर्खाल लगाइएकोे छ सवारीसाधनको अवागमनमा रोक लगाउन उक्त पर्खाल निर्माण गरिएको बताइएको छ ।

भेल्लोर जिल्लाका एक अधिकारीले पर्खालले प्रवासी मजदुरहरूको आउजाउमा रोक लगाउन सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । – बीबीसी