वर्तमानका विषयमा नेका को गतिविधि

संयुक्त वक्तव्य

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक आज बस्यो । उक्त बैठकमा निम्नानुसार उपस्थिति थियो ।

नेपाली कांग्रेस : श्री शेरबहादुर देउवा, श्री रामचन्द्र पौडेल, श्री विमलेन्द्र निधि, श्री विजयकुमार गच्छदार, डा. शशांक कोइराला, श्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, श्री गोपालमान श्रेष्ठ, श्री प्रकाशमान सिंह, श्री विश्वप्रकाश शर्मा र श्री राधेश्याम अधिकारी ।

जनता समाजवादी पार्टी, नेपाल : श्री महन्थ ठाकुर, डा. वावुराम भट्टराई, श्री उपेन्द्र यादव, श्री राजेन्द्र महतो, श्री महेन्द्र यादव, श्री शरदसिंह भण्डारी, श्री अशोक राई र श्री राजेन्द्र श्रेष्ठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी : डा. प्रकाशचन्द्र लोहनी ।

बैठकले निम्न लिखित निर्णय गरेको छ ।
  • लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
  • सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ ।
  • कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ ।


श्री शेरबहादुर देउवा, सभापति नेपाली कांग्रेस
श्री उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपाल
श्री शरतसिंह भण्डारी
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पाटी

प्रेस विज्ञप्ति

सरकारलाई लोकतन्त्र बाँदरको हातमा नरिवल जस्तो भएको छ । सरकारको असहिष्णुता, असक्षमता र अकर्मन्यताले मुलुकलाई दुर्घटनातर्फ लगेको आभाष भएको छ । वैशाख १० गते माननीय डा. सुरेन्द्र यादवलाई रातको समयमा महोत्तरीबाट अपहरण गरि काठमाडौंं ल्याएकोआरोप खेपिरहेका नेकपा सांसदद्धय महेश बस्नेत तथा कृष्णकुमार श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालको विरुद्धमा महानगरिय प्रहरी परिसर काठमाडौंले किटानी जाहेरी लिन नमानेको घटनाले मेरो गम्भिर ध्यानआकर्षण भएको छ ।

अपहरण जस्तो गम्भिर घटनामा सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको संलग्नता बाहिर आएपछि त्यसलाई राज्य आफंैले तत्काल छानविन गरि सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा पीडित आफंै किटानी जाहेरी दिन जाँदा समेत प्रहरीले जाहेरी लिन अस्वीकार गर्नुले राज्यको अपराधिकरण हुनखोजेको त होईन भन्ने शंकालाई बल पुगेको छ ।

अपहरण जस्तो गम्भिर अपराधबाट नागरिकलाई बचाउन र अपराधीलाई दण्डित गर्न सदा सक्रिय रहनु पर्ने संरचनाहरु आजविन कर्तव्य च्यूत पारिएका छन् त्यसको जवाफखोजिनु पर्दछ । सांसदको अपहरण सांसद र उच्चपदस्थ सरकारी अधिकारीबाट हुनु कानूनी, राजनैतिक र नैतिक जुनसुकै दृष्टिबाट पनि दण्डनिय तथा निन्दनिय छ ।

अपहरण जस्तो जघन्य अपराधको अनुसन्धान अघि बढन नदिनु अर्कोतर्फ नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता खण्डित गर्ने गरी राज्य निर्मम दमनमा उत्रनुले राज्यको दोहोरो मापदण्ड र पक्षपातपूर्ण चरित्र उदाङ्गभएको छ ।

सरकार गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने काम गर्ने तर्फ र्निलज्जताका साथ लागेको छ ।यावत घटनाक्रम लोकतान्त्रिक शासन प्रणाली विरुद्ध हुनुले कतै सरकार संसदीय शासन प्रणाली असफल पारि तानाशाही लाद्ने षडयन्त्रमा लागेको त होइन भन्ने शंका बलियो बन्दै गएको छ । प्रतिगमन सभ्य समाज र सचेत नागरिकका लागि कदापि स्वीकार्य नहुने हँुदा त्यस्तो दुश्साहस नगर्न नेपाली कांग्रेस तरुण विभाग सरकारलाई सचेत गराउँदछ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २११ को उपदफा (२) (क)बमोजिमप्रथम दृष्टिमा नै दोषि भागि ठहरीने अपहरणको जाहेरी तत्काल दर्ता गरि निष्पक्ष अनुसन्धानबाट सत्य तथ्यबाहिर ल्याउन जोडदार माग गर्दछु । सत्तामा रहने नैतिकता गुमाउदै गएको यो अराजक तथा निरंकुश सरकारले आफुलाई नसच्याएमा एक्काइसांै शताब्दीका सचेत र न्यायप्रेमी नेपाली जनताले कदापि सहने छैनन ।

शंकर भण्डारी
केन्द्रीय सदस्य–नेपाली कांग्रेस
प्रमुख – तरुण विभाग