सन्दीपको अर्को उत्कृष्ट बलिङ, जमैकाको दोस्रो जित

काठमाण्डौ । क्यारेबियन प्रिमियर लिग ९सिपिएल० मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिने क्रम जारी छ । लगातार चौथो खेलमा विकेट लिने क्रममा सन्दीपले बुधबार गुयना अमाजोन वारियर्सविरुद्ध एक विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दा कुनै पनि बाउन्ड्री दिएनन् भने १२ रन मात्र खर्चिए । ३ को इकोनोमीमा बलिङ गरेका सन्दीपले १६ बल डट फ्याँकेका थिए । योसँगै सन्दीपले चार खेलमा ५ विकेट लिएका छन् ।

खेलमा जमैकाले गुयनालाई ५ विकेटले पराजित ग‍र्यो । जारी प्रतियोगितामा जमैकाको यो दोस्रो जित हो । पहिले ब्याटिङ गरेको गुयना २० ओभरमा ८ विकेटको क्षतिमा १०८ रन मात्र जोड्न सक्यो । उसका लागि रोस टेलरले सबैभन्दा बढी २३ रन दिए। बलिङमा जमैकाका सन्दीपले एक विकेट लिँदा उत्कृष्ट बलिङ गरेका अर्का स्पिनर मुजिब उर रहमानले ४ ओभरमा ३ विकेट लिए । ११ रन मात्र खर्चिएका उनी प्लेयर अफ दि म्याच भए १०९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि बोनरले ३२ बलमा नटआउट ३० रन र आन्द्रे रसेलले २० बलमा नटआउट २३ रन गरे । बलिङमा गुयनाका नवीन उल हकले २ विकेट लिए ।