देवकोटाको अध्यक्षमा पुन: राजु बराल
चन्द्रगढी । झापाको भद्रपुर नगरपालिका वडा न . ९ स्थित देवकोटा स्मारक संरक्षण समितिको अध्यक्षमा पुन : राजु बराल निर्वाचित भएका छन ।
देवकोटा चोक स्थित मुना सामुदायिक भवनमा शनिवार सम्पन्न देवकोटा स्मारक संरक्षण समितिको आठौ साधरण सभा तथा अधिबेशनले बराललाई सर्वसम्मत निर्वाचित गरेको हो ।
नव गठित समिति उपाध्यक्ष ज्ञानेन्द्र कटुवाल , सचिव डिल्ली रमण नेपाल , सह सचिव उत्तम श्रेष्ठ र कोसाध्यक्ष यशोदा न्यौपाने रहेका छन भने सदस्यमा गोपाल शिवाकोटी , कौशिल्या आचार्य , सीता दाहाल , भानु पोखरेल र झल्कादेवी पोखरेल सर्वसम्मत निर्वाचित भएका छन । कार्य समितिको बैठकले एक जना सदस्य मनोनीत गर्ने जनाइएको छ ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सस्थाका अध्यक्ष राजु बरालले सस्थाको नीति , कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल , उप प्रमुख राधा कार्की , वडा सदस्य मन्जु खडका , प्राज्ञ हरि पौडेल , अग्रज समाजसेवी दुर्गा प्रसाद भट्टराई , शिव कुमार राजभण्डारी र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष अनुज खतिवडाले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा समाजसेवी शिवकुमार राजभण्डारीले सस्थाको अक्षय कोसका लागि पाच हजार रुपैया प्रदान गर्नु भएको थियो ।
आठौ साधरण सभा तथा अधिबेशनको बन्द्र सत्रको निर्वाचन मण्डलमा सम्योजक दामोदर घिमिरे ,सदस्यमा भगिरथ नेपाल र मुरारी पोखरेल रहेका थिए भने निर्मला पौडेलको सम्योजकत्वमा गोपाल प्रसाद श्रेष्ठ र कमला थापा रहेको माइन्युट लेखन समिति गठन गरेको थियो । सस्थाका अध्यक्ष राजु बरालको अध्यक्षता , सचिव युवराज ढकालको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले गरेका थिए ।
