समाचारस्थानीय

महाकवि देवकोटाको ११८ औ जन्म जयन्तीमा साहित्यकार र विद्यार्थी सम्मानित

राजु बराल
चन्द्रगढी । महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८ औ जन्म जयन्तीका अवसरमा झापाको चन्द्रगढीमा साहित्यकार र विद्यार्थी सम्मानित भएका छन ।
झापाको भद्रपुर ९ ( चन्दगढी )स्थित देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा साहित्यकार भानुभक्त कुभिन्डेलीलाई यस बर्शको बीस हजार राशीको स्व. मनोरथ दाहाल स्मृति काब्य पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा साहित्यकार लता खरेललाई स्रस्टा सम्मान २०८३ द्वारा सम्मानित गरिएको छ ।
साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वीरेन्द्र मा . बि .चन्द्रगढी बाट शैक्षिक सत्र २०८२ को कक्षा १२ मा उत्कृष्ट स्थान ल्याउने जिनिस राया र पुस्पा राजबन्शीलाई जनही नगद पाच हजार राशीको शैक्षिक उन्नयन पुरस्कार प्रदान गरिएको थियो भने बाल कविता प्रतियोगितामा सुमन रेङमी प्रथम र श्रद्धा रेङमी दोस्रो भएका थिए ।
देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बरालले कार्यक्रमको औचित्य प्रकाश पारेको कार्यक्रममा साहित्यकार तारा विविधले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । सम्मानित स्रस्टाको बारेमा साहित्यकार बिरही अधिकारीले परिचय गराएका थिए ।
कार्यक्रममा साहित्यकार केशव आचार्य , भद्रपुर नगर प्रमुख गणेश पोखरेल , उप प्रमुख राधा कार्की र भद्रपुर नगर कला , साहित्य , सङ्गीत प्रतिस्ठान अध्यक्ष चिन्तामणि दाहालले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा लक्ष्मी चुडाल , सोम राज पोखरेल , सफलता फुयल र अभिशेक उप्रेतीले अप्रतियोगी कविता वाचन गरेका थिए ।
देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बरालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानेन्द्र कटुवाल र सन्चालन सचिव युवराज ढकालले गरेका थिए ।