भद्रपुर झापा गोल्डकपको दोश्रो अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन
भद्रपुर । भद्रपुर झापा गोल्डकपको दोश्रो अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन गरेको छ ।
गोल्डकपका संस्थापक अध्यक्ष समेत रहेका ढकाले दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षको भूमिका पाएका हुन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षमा डिल्लीराम घिमिरे, गौरव सुब्बा, बाबुराम पराजुली र वसन्त बानियाँ निर्वाचित भएका छन् ।
महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा तीर्थराज ढकाल र टहलदास मैनाली, सहसचिवमा योगेन्द्र पौडेल, कोषाध्यक्षमा अजय साहेवाला र सहकोषाध्यक्षमा नितेश बर्मा निर्वाचित भएका छन् ।
२७ सदस्यीय गोल्डकपको समिति सदस्यहरुमाअर्जुन राई, भरतचन्द्र गुरुङ, खोमकुमारी दाहाल, शमशेर तामाङ, पूर्णमाया सुब्बा लिम्बु, टेकबहादुर गुरुङ, बिक्की साह, कविन राई, प्रज्ज्वल राई, कुमार श्रेष्ठ, तोयानाथ गड्तौला, रियाज ढकाल, कुमार गिरी र मुकेश मित्रुका निर्वाचित भएका छन् ।

दिपेश ढकालको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, कोशी प्रदेशसभाका पूर्वसदस्य वसन्त बानियाँ, प्राध्यापक कृष्ण मैनाली, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्वअध्यक्ष टिकराज ढकाल, भद्रपुर–१० का वडा अध्यक्ष टेकबहादुर खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए ।
महासचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ढकालले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए भने सचिव तीर्थराज ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
