समाचारस्थानीय

वैदिक समाज झापाको अध्यक्षमा लोकबहादुर

भद्रपुर । वैदिक समाज झापाको सातौं अधिवेशनले लोकबहादुर कुँवरको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

निर्वाचन समिति संयोजक मिरादेवी पौडेलका अनुसार ४ वर्षे कार्यकालका लागि कुँवरको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

समितिको सचिवमा द्रोण अधिकारी, कोषाध्यक्षमा रेवतीराज घिमिरे निर्विरोध चयन भएका छन् भने सदस्यहरू क्रमशः राजु वराल, डिल्लीरमण नेपाल, पदम दाहाल र प्रशोत्तम कार्की चयन भएका हुन् ।

यसैगरी संस्थाको सल्लाहकारमा निर्वतमान अध्यक्ष मिरादेवी पौडेलको संयोजकत्वमा पुरूषोत्तम अधिकारी र दिपेन्द्र भट्टराईलाई छनौट गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष कुँवरले संस्थालाई चलायमान बनाउन वैदिक साधना तथा बाल शिक्षा कार्यक्रमलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

यस्तै कोषाध्यक्ष रेवतीराज घिमिरेले संस्थाको स्तर उन्नति अन्र्तगत निर्माणाधीन सामुदायिक भवन पूरा गर्ने तथा अधुरो शौचालय निर्माण सम्पन्न गर्न विभिन्न दाता तथा स्थानीय सरकारसित सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिएका छन् ।