खेलकुद

भद्रपुर ९ मा टोल स्तरीय फुटबल प्रतियोगिता सुरू

भद्रपुर । भद्रपुर ९ स्थित ब्रदर्श युनाइटेड क्लबको आयोजनामा प्रथम ब्रदर्श युनाइटेड टोल स्तरीय फुटबल प्रतियोगिता सुरू गरिएको छ ।

भद्रपुर ९ नम्बर वडाभरी रहेका १४ वटा टोलहरू मध्ये ९ वटा टोलले प्रतिष्पर्धा गरिरहेको फुटबल प्रतियोगिताको उद्घाटन खेल सुरक्षा टोल विकासले ११ गोल हान्दै जीत निकालेको छ ।

भद्रपुर नगर प्रमुख गणेश पोखरेल तथा ९ नम्बर वडाध्यक्ष रामप्रसाद दाहाले उद्घाटन गरेको खेलमा देवकोटा टोललाई १ गोलमा रोक्दै सुरक्षा टोलले पहिलो जीत निकालेको हो ।

ब्रदर्श युनाइटेड क्लबका अध्यक्ष रविन सुब्बाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा स्वागत सहसचिव कुलबहादुर मगर तथा सञ्चालन युवराज ढकालले गरेका थिए ।