राजनीतिसमाचारस्थानीय

झापामा ६४ प्रतिशत मतदान

भद्रपुर । संघीय संसद निर्वाचन २०८२ अन्र्तगत झापामा ६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाभरबाट संकलन गरेको प्रारम्भिक विवरण अनुसार ६४ प्रतिशत मत खसेको अनुमान गरेको हो ।

यस निर्वाचनमा झापा ५ मा भने सबैभन्दा धेरै ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

 


यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई अनुहार एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसहित २४ जना चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकैकरण यो क्षेत्र निर्वाचनको महाभिडन्त क्षेत्र समेत बनेको छ ।

पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए । झापामा शान्तिपूर्ण मतदान सम्पन्न पछि अहिले मुचुल्का उठाउने र मतपेटिका सिलबन्दी गर्ने काम समेर मतपेटीका जम्मा गर्ने कार्य जारी रहेको निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले जानकारी दिए ।