निर्वाचन २०८२राजनीतिसमाचारस्थानीय

देश बदल्नेहरू पहिला आफू बदलिनु पर्छ ः उपसभापति शर्मा

भद्रपुर । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने अठोट बोक्नेहरू पहिला आफू बदलिनु पर्ने बताएका छन् ।

उपसभापति शर्माले झापा १ अन्र्तगत भद्रपुर १० चन्द्रगढीमा आयोजित नेपाली काँग्रेसको चुनावी कोण सभालाई सम्बोधन गर्दै देश बदल्छौं भनेर बोल्ने मात्र होइन पहिला आफू परिवर्तन भएर नेतृत्वमा नआएसम्म देश नबदलिने धारणा राखेका हुन् ।

झापा १ का निर्वतमान संघीय सांसद समेत रहेका शर्माले आफ्ना गल्ति नसच्याउने, कमजोरी स्वीकार नगर्ने अनि देश बदल्छौं भन्दै ठूलो स्वरमा कराउने प्रवृत्तिले नेपालको राजकीय परम्पराको विकृति नहट्ने उल्लेख गर्दै नेपाली काँग्रेसको नेतृत्व सच्चिएर बदलिने प्रतिज्ञा सहित आएको जनाए । उपसभापति शर्माले हिजोका गल्ति अब नदोहोरिने भन्दै हात हल्लाएको भरमा प्रष्ट विचार र धारणाविना देशका समस्या हल नहुने प्रष्ट पार्दै देशभित्रका समस्या पहिचान गरेर हल गर्ने सामथ्र्य काँग्रेससित मात्र रहेको धारणा राखेका छन् ।

 

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट झापा १ का लागि संघीय संसदका प्रत्यासी केशवराज पाण्डेले आफ्नो उम्मेदवारी झापा १ का लागि आर्थिक सवलीकरण र उद्यमशील वातावरण निर्माणका लागि रहेको बताए । उम्मेदवार पाण्डेले आफूलाई नयाँ दावी गर्ने उम्मेदवारसित झापा १ लाई समृद्ध बनाउने खाका खै भन्दै उद्यमशील नागरिकको बसोबास रहेको क्षेत्र निर्माण गर्न उद्योग, व्यापार, कृषि, पर्यटन जस्ता आर्थिक समृद्धिका क्षेत्र निर्माणमा आफूसित प्रष्ट अवधारणा रहेको दावी गरे । उम्मेदवार पाण्डेले झापा १ अन्र्तगत उत्तरी बस्ती वाहुण्डागी, शान्तिनगरदेखि दक्षिणमा चन्द्रगढी, ज्यामिरगढीसम्म उद्यमशील वातावरणका लागि दीर्घकालीन लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस भद्रपुर १० का सभापति विष्णुप्रसाद काफ्लेले स्वागत गरेको कार्यक्रम भद्रपुर नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा युवा नेता देवेन्द्र गौतमको सहजीकरणमा सम्पन्न सभामा समानुपातिक तर्फकी उम्मेदवार गोमाकुमारी भट्टराई काँग्रेस महाधिवेशन प्रतिनिधि अशोक पोखरेलले धारणा राख्दै विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा होहल्लाका भारमा नभएर संयमित रहँदै सोचविचार गरेर मतदान गर्न सवै मतदातासित अनुरोध समेत गरेका थिए ।