खेलकुदसमाचारस्थानीय

भद्रपुरमा आठौ राष्ट्रपति रनिङ्ग

भद्रपुर । भद्रपुर नगर शिक्षा शाखाको आयोजनामा आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरिएको छ ।

भद्रपुर नगरपालिका क्षेत्रमा रहेका विद्यालय तहका विद्यार्थीहरूले विभिन्न खेलमा प्रतिष्पर्धा गर्दै खेल सम्पन्न गरिएको हो ।

 

भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको प्रतियोगितामा नगर भित्रका ३० भन्दा बढी विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले जिल्ला स्तरीय खेलमा प्रतिष्पर्धा गर्न पाउने छन् भने उत्कृष्ट विधाका विद्यार्थीलाई प्रमाणपत्र र शिल्ड समेत प्रदान गरिएको थियो ।