समाचारस्थानीय

“चञ्चल चञ्चल” बोलको गीत सार्वजनिक

काँकरभिट्टा । पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाको पहिचान, विशेषता र सांस्कृतिक सम्पदालाई समेटेर तयार पारिएको नयाँ गीत “ चञ्चल चन्चल” आज युट्युबमा सार्वजनिक गरिएको छ ।

यस गीतको रचना सिएन गौतमले गरेका हुन् भने गायन तथा संगीत पुष्पराज ढुंगेलको रहेको छ। गीतको एरेन्जरको रूपमा जमिर अलिले संगीतलाई अझै आकर्षक र आधुनिक शैलीमा सजाएका छन् ।

काँकरभिट्टाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई सरल तर प्रभावकारी शब्दमा प्रस्तुत गरिएको यो गीतले स्थानीय पहिचानलाई संगीतमार्फत उजागर गर्ने प्रयास गरेको छ। गीतले नयाँ पुस्तालाई आफ्नो ठाउँप्रति गर्व गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

गायिका मासुम लावती र शीतल तामाङको समेत स्वर रहेको यो गीत केवल मनोरञ्जनका लागि मात्र नभई काँकरभिट्टाको परिचय देश–विदेशसम्म पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। स्थानीय संगीतप्रेमीहरू माझ यस गीतले राम्रो प्रतिक्रिया पाउने विश्वास गरिएको छ।‍याउने उद्देश्यले तयार गरिएको हो। स्थानीय संगीतप्रेमीहरू माझ यस गीतले राम्रो प्रतिक्रिया पाउने विश्वास गरिएको छ ।