समाचारस्थानीय

सत्यलक्ष्मीको अध्यक्षमा दीपबहादुर राउत

भद्रपुर । भद्रपुर १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाको चौथो अधिवेशनले दीपबहादुर राउतको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

चार वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ, सचिव युवराज न्यौपाने, सहसचिव रेखा अधिकारी र कोषाध्यक्षमा बाबुराम पाण्डेलाई सर्वसम्मत चयन गरिएको हो ।

यसैगरी सदस्यहरूमा क्रमशः फणिन्द्र खनाल, कृष्णसिंह कुर्मी, मनोज न्यौपाने र जगदिश काफ्ले चयन भएका छन् भने लेखा समिति संयोजकमा खड्गबहादुर बुढाथोकी तथा सदस्यमा कोशिष भट्टराई र पूर्णिमा कटुवाल सर्वसम्मत छनौट भएका हुन् ।

१२ औं सभाको उद्घाटन शत्रको अध्यक्षता खिलनाथ पाण्डे निकास तथा प्रमुख अतिथि भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी रहेको कार्यक्रममा सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेलले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष दीपबहादुर राउतले स्वागत र सचिव युवराज न्यौपानेले सञ्चालन गरेको सभामा उत्कृष्ट बचत कर्ता तथा ऋण कारोवार गर्ने सदस्य र उत्कृष्ट सन्तती सम्मान समेत गरिएको थियो ।