राजनीतिसमाचारस्थानीय

प्रकाश एकता कृषि सहकारीको अध्यक्षमा चन्द्रबहादुर कार्की

भद्रपुर । प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को १८ औं वार्षिक साधारण सभाबाट चन्द्रबहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत रूपमा ९ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ ।

चार वर्षे कार्यकालका लगि चयन भएको सञ्चालक समितिको उपाध्यक्ष शालीग्राम नेपाल, सचिव दिवाकर मैनाली र कोषाध्यक्षमा यामप्रसाद खरेल निर्विरोध चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा क्रमशः शिवप्रसाद सापकोटा, ऋषिराम सुवेदी, दुर्गा सुवेदी, माया केसी रिजाल र शारदा दाहाल छनौट भएका छन् ।

यसैगरि लेखा समिति संयोजकमा खड्गप्रसाद दाहाल र सदस्यहरुमा पार्वती मल्ल र सनम श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ ।

सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा अग्रज तथा उत्कृष्ट व्यक्तित्व सम्मान सहित उद्घाटन सभा सम्पन्न गरिएको थियो ।

अध्यक्ष श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उन्नतिका लागि कृषक केन्द्रित कार्योजना प्रस्तुत गरेका थिए भने सचिव शालिग्राम नेपालले सञ्चालन गरेको कार्यक्रममा नुतन ढकालले स्वागत गरेकी थिइन् ।