समाचारस्थानीय

रेडक्रस झापाको ५२ औं सभा सम्पन्न

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५२ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

शाखा सभापति लोकराज ढकालको सभापतित्व तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको प्रमुख आतिथ्यमा उत्कृष्टलाई सम्मान गर्दै सम्पन्न गरिएको हो ।

कार्यक्रममा रेवतीरमण नेपाल स्वयमसेवा पुरस्कारबाट शाखाका पूर्व सभापति ओमप्रकाश सरावगीलाई नगद ३१ हजार १०१ सहित सम्मानपत्रले सम्मानित गरिएको थियो भने उत्कृष्ट रक्तदाता सम्मानबाट ब्रम्हकुमारी राजयोग सेवा केन्द्र झापा, बन्दी विकास पुस्तकालय चन्द्रगढी, वैदेशिक रोजगार व्यवसायी संघ झापालाई कदर पत्रले सम्मान गरिएको थियो भने जिल्ला बाहिरबाट रक्तदाता सेवा पुर्याए वपत रेडक्रस उपशाखा फिक्कल इलामलाई समेत सम्मान गरिएको थियो ।

 

उपसभापति मित्रदेव काफ्लेले स्वगत गरेको कार्यक्रममा वार्षिक गतिविधि सभापति ढकालले प्रस्तुत गर्दै विपद व्यवस्थापन अन्र्तगत गत अशोजमा आएको बाढीबाट पीडित झापा गाउँपालिका लगायतका ४२५ घर परिवारको उद्धार तथा राहत वितरण गरिएको जानकारी दिएका थिए । महामन्त्री चन्द्रप्रसाद चुडालले सञ्चालन गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व ओमप्रकाश सरावगी, रेडक्रस कोशी प्रदेश सभापति नरेन्द्रप्रसाद पोखरेल तथा प्रमुख अतिथि प्रजिअ गेलालले मन्तव्य राख्दै मानव सेवाको पर्याय रेडक्रसको पहिचान रहेकोले विगतदेखि वर्तमानसम्म यस भावना अनुकुल झापा रेडक्रसले काम गरिरहेको भन्दै प्रशंसा समेत गरेका थिए ।