सुखानी सन्देश म्यागेजिन सार्वजनिक
भद्रपुर । सुखानी सन्देश साप्ताहिको विशेषङ्क वैदेशिक रोजगार विषयमा तयार पारिएको म्यागेजिन चन्द्रगढीमा सार्वजनिक गरिएको छ ।
भद्रपुर प्रेस क्लवको सभाहलमा आयोजित कार्यक्रममा नेपाल प्रेस इन्सेच्युटका अध्यक्ष तीर्थ कोईरालाले म्यागेजिनको विमोचन गरेका हुन् ।
प्रेस क्लब भद्रपुरको आयोजनामा सम्पन्न कार्यक्रममा म्यागेजिनको बारेमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रकाश पार्दै वैदेशिक रोजगारका बारेमा महत्वपूर्ण दस्तावेज रहेको भन्दै पाठकले पढ्नै पर्ने संग्रह रहेको बताए ।

क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा तथा उपाध्यक्ष रोहित काफ्लेले संचालन गरेको कार्यक्रमको स्वागत महासचिव भेषराज नेपालले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कोईराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, वैदेशिक रोजगार व्यावसयी संघका अध्यक्ष धनबहादुर पन्धाक ,पत्रकार महांघ झापाका पुर्व अध्यक्ष तारामणि सापकोटा, संञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले मन्तव्य राख्दै म्यागजिन विषयगत पत्रकारिताको महत्वपूर्ण दस्तावेज भएको बताउँदै वैदेशिक रोजगार बाध्यता मात्र नभएर रहर पनि रहेकोले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सफल भएको तथ्य म्यागजिनमा रहेको धारणा राखेका थिए ।
