शिक्षासमाचारस्थानीय

विभूति विद्या मन्दिरको ३२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भद्रपुर । भद्रपुर १० स्थित विभूति विद्या मन्दिरको ३२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरिएको छ ।

विद्यलय व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम नेपालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमका साथ उत्सव सम्पन्न भएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा नृत्य, गायन, नाटक, प्रदर्शन र विभिन्न जातीय भेषभुषा प्रर्दशनी, तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयको वार्षिक गतिविधि सहित प्रगति विवरण प्रिन्सिपल गोविन्द लम्सालले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत शिक्षक जगदिश काफ्ले तथा सञ्चालन रमेश भट्टराईले गरेका थिए भने कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीले मञ्चमा कला प्रदर्शन गरेका थिए ।