नर्सिङ दिवसमा विद्यार्थीलाई सपथ
भद्रपुर । ओमसाई पाथिभरा अस्पताल मातहतको नर्सिङ कलेजमा भर्ना भइ अध्ययन गरिरहेका नयाँ विद्यार्थीलाई नर्सिङ सेवाको सपथ गराएको छ ।

नर्सिङ कलेजमा स्टाफ नर्स पढ्न आएका पहिलो वर्षका नयाँ विद्यार्थीहरूलाई कलेजले नेपाल नर्सिङ डे को अवसरमा नर्सिङ सेवाको सपथ गराएको हो ।
कलेजकी प्रिन्सिपल उपमा शिवाकोटीको अध्यक्षता तथा अस्पतालका निर्देशक बालकुमार पोखरेल (साइराम) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नर्सिंङ सेवाकी संस्थापक फ्लोरेन्स नाइटिङ्गलको सम्मानमा दीप प्रज्वलन समेत गरिएको थियो ।

सृष्टिसागर रेग्मीले सहजीकरण गरेको कार्यक्रममा प्राध्यापक निकिता तिम्सिनाले सपथ ग्रहण गराएकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले नर्सिङ पेशा मानव सेवाको उत्कृष्ट नमूना रहेको बताउँदै कठोर परिश्रम र लगनशीलताले नर्सिङ पेशालाई थप जिम्मेवार बनाउने धारणा राखेका थिए ।
